टीकापुर पार्कमा बढे पर्यटक

कार्तिक १६-टीकापुर, कैलालीको टीकापुरस्थित टीकापुर पार्कमा दसैँपछि पर्यटक बढेका छन्। पार्कमा आजभोलि दैनिक सयौँदेखि हजारौँ पर्यटक आउन थालेका छन्। दसैँ सुरु भएदेखि नै पार्कमा पर्यटक बढेका हुन्। पार्कमा आन्तरिक पर्यटक वनभोज र अन्य जिल्लाका पर्यटक अवलोकनका लागि आउने गरेका छन्।

पार्कमा हरेक वर्ष यो याममा पर्यटक बढ्ने गर्छन्। बर्खामा पर्यटकको संख्या घटेको टीकापुर पार्कमा चाडपर्वसँगै पर्यटक पनि भित्रिन थालेका छन्। पार्कमा कात्तिकको १५ गतेसम्म १० हजार पर्यटकले पार्क अवलोकन गरेका छन्। पार्कमा सबैभन्दा बढी कात्तिक ८ गते एक हजार आठ सय र ९ गते एक हजार पाँच सय पर्यटक भित्रिएका छन्। कात्तिकमा मात्रै पार्कमा पर्यटकबाट दुई लाख ५० हजार राजस्व सङ्कलन भएको पार्क इन्चार्ज अर्जुन कुँवरले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्