नापी कार्यालय कलंकीका सहयोगीमाथी अख्तियारले हाल्यो मुद्दा

akhatiyar

२० भदौ- काठमाडौं, नापी कार्यालय कलंकी कार्यालयका सहयोगीमाथी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको गरेको छ ।

 

अख्तियारले एकेन्द्र कुँवरविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

साउन २६ गते १३ हजार घुसहित पक्राउ परेका कुँवरलाई शुक्रबार अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। उनलाई चन्द्रागिरी नगरपालिका- १३ मा रहेको जग्गा नयाँ पुर्जा बनाउने प्रयोजनका लागि घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरिएको हो।

 

कुँवर नापी कार्यालय कलंकी, ३ नापी टोली, पुरानो नैकापमा करारमा कार्यरत कार्यालय सहयोगी हुन्। उनीविरूद्ध अख्तियारले १३ हजार बिगो माग दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्