कैलालीमा चित्तलको बच्चा फेला

श्रावन २७-धनगढी, कैलालीमा चित्तलको बच्चा फेला परेको छ। जिल्लाको गोदावरी नगरपालिका–४ शिबनगर टोलका देवराज भट्टको कुकुरले शुक्रवार राति जंगलबाट अन्दाजी ५÷६ महिनाको चित्तलको बच्चा लखेटेर घरमा ल्याएको थियो।

प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली खटिई चित्तलको बच्चा सकुशल उद्वार गरेको छ। बच्चालाई सब वन डिभिजन कार्यालय अत्तरियालाई बुझाउनको लागि आवश्यक पहल भईरहेको प्रहरीले बताएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्