पहिरोले पुरिँदा एक जनाको मृत्यु

 असार २५- दाङ, दाङको तुलसीपुर उपमहानगरपालिका–१ धनुबासमा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ । पहिरोमा परेर मृत्यु हुनेमा ६५ वर्षीय बलिराम खत्री रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

शनिवार बेलुकी साढे ७ बजेतिर काठेकुलो बाटोमा हिँड्दै गर्दा गएको पहिरोले खत्रीलाई पुरेको प्रहरी जनाएको छ । पहिरोमा परि उहाँको घटनास्थलै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्