१९ भदौ- काठमाण्डौं, फेसबुक,ट्वीटर ९एक्स०, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल सरकारले बन्द गर्ने निर्णय गरेको छ। बिहीबार बसेको बैठकले सर्वोच्च अदालतको परमादेश र यसअघि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय सरकारले गरेको हो।
सर्वोच्च अदालतको पटकपटकको आदेश र मन्त्रिपरिषद बैठकको निर्णय तथा पटकपटकका सूचनाहरुका आधारमा दर्ता हुन नमानेका प्लेटफर्महरु नेपालमा बन्द गर्न लागिएको हो ।सरकारले आजदेखि नै उक्त सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले अनुमति नलिएका सामाजिक सञ्जाल र ओभर द टप (ओटीटी) एप्सलगायत इन्टरनेट ब्राउजरबाट विज्ञापनसहित प्रसारण हुने सामग्रीमाथि बन्देज लगाउन तथा नियमनका लागि आवश्यक कानुन निर्माण गर्न सरकारलाई परमादेश जारी गरेको थियो।
प्रतिक्रिया दिनुहोस्