१७ भदौ- काठमाडौँ, आज मंगलबार नेपालका दुई स्थानमा भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा र गोरखा केन्द्र बनाएर भूकम्प गएको हो ।भुकम्प आज दिउँसो ३ बजेर १३ मिनेट जाँदा दोलखाको लापिलाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युड भूकम्प गएको छ ।
साथै, आज बिहान ६ बजेर १५ मिनेमा गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रतिक्रिया दिनुहोस्