धनगढीका तीन जना लागुऔषधसहित पक्राउ

कञ्चनपुरको लठ्ठाघाटबाट धनगढीका तीन जना लागुऔषधसहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ का पदमबहादुर बोहरा, कृष्णराज राना र वडा नम्बर ६ का भानु चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० लठ्ठाघाटबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कञ्चनपुर प्रहरीका अनुसार ईलाका प्रहरी बेलडाँडी र प्रहरी चौकी भुडाको टोलिले उनीहरुलाई १० दशमलव ८ शय ४० ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो ।

उनीहरूको साथबाट से ४ प ३९७६ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको छ ।

 

स्रोतः हाम्रो पत्र

प्रतिक्रिया दिनुहोस्