धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या

असार १३- नवलपरासी,  पश्चिम नवलपरासीको सुनवलमा एक महिलाको हत्या भएको छ । जिल्लाको सुनवल नगरपालिका-१३ विचैयापुरमा एक महिलाको धारिलो हतियार प्रयोग गरि हत्या भएको हो ।

सुनवल नगरपालिका-१३ विचैयापुरमा बस्ने ५० वर्षीया बुद्धरानी मुसहर आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन् । टिनले छाएको ढोका नभएको कच्ची घर भित्र घाँटीमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा मुसहरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताउनु भयो ।

घटना लगत्तै फरार रहेका मृतकका छोरा २५ वर्षीय शिव कुमार मुसहरलाई प्रहरीले रुपन्देहीको गैडिहवा-८ मैनिहवामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको डिएसपी पाण्डेले जानकारी दिनु भयो ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्