१७ भदौ -काठमाडौँ, आत्महत्याको प्रयास गरेकी एक महिलाको सकुशल उद्धार गरिएको छ । उनले पोखराको फेवातालमा हामफालेर आत्महत्याको प्रयास गरेकी थिइन ।
मकवानपुर घर भई हाल पोखरा महानगरपालिका–६, गौरीघाटस्थित लेकसाइड बस्दै आएकी ४५ वर्षीय हिरा नेगीले आत्महत्याको प्रयास गरेको मा उनको उद्धार गरिएको छ ।
उनीले आज बिहानै फेवातालमा हामफालेकी थिइन् । तर, काठको मुढामा अड्किएकाले लगत्तै सशस्त्र प्रहरी बल नेपालको कालिका गण नम्बर २४ बाट खटिएको सशस्त्र प्रहरीको गोताखोर सहितको टोलीसहित नेपाल प्रहरीको संयुक्त टोलीले उनको उद्धार गरेको थियो । लगत्तै उपचारका निम्ति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्