टीकापुरमा लागु औषध Brown Sugar (खैरो हेरोईन) सहित २ जना पक्राउ

Tikapur

टीकापुरमा लागु औषध  खैरो हेरोईन सहित २ जना पक्राउ |

हिजो २३ गते दिउसो ५ बजेको समयमा जिल्ला कैलाली लम्कि चुहा नगरपालिका वडा नं। २ मोतीपुर बस्ने बर्ष २६ को सागर घिमिरे र ऐ।ऐ।बगौरा बस्ने बर्ष ३३ को प्रेम सुनारले भारतको तिकुनियाबाट लागु औषध (खैरो हेरोईन) ल्याउदै छन

भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं.९ खक्रौला स्थित नेपाल भारत सिमानाकामा निज सागर घिमिरे र प्रेम सुनारलाई फेला पारी चेकजाँच गर्दा  फेला परेको हो

निज सागर घिमेरेले मलद्धार भित्र लुकाई छिपाई गरी राखेको कालो प्लास्टिकको पोका थान १  कुल तौल २ ग्राम १७० मिलिग्राम र प्रेम सुनारले मलद्धारको भागमा लुकाई छिपाई गरी राखेको कालो प्लास्टिकको पोका थान १  कुल तौल ९१० मिलिग्राम गरी जम्मा ३ ग्राम ८० मिलिग्राम लागु औषध खैरो हेरोईन फेला परेको हो

खैरो हेरोईन फेला पारी निजबाट बरामद गरी  सागर घिमिरे र प्रेम सुनारलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको छ |

प्रतिक्रिया दिनुहोस्