१७ भदौ -काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब १ किलो ७ सय ८० ग्राम सहित भारतीय नागरिक ४० वर्षीय MATTRA PATHRATT ALI AKBAR सोमबार दिउँसो पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको टोलीले एयर एसियाको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-१४ कलंकीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ३० ट्याब्लेट र नगद ५४ हजार ४ सय ४५ ट्याब्लेट सहित काठमाडौं टेकु बस्ने धनुषा जनकपुरधाम उपमहानगरपालिका-२१ घर भएका २२ वर्षीय सुरेन्द्र गुप्तालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कलंकीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय २० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-२ बस्ने २८ वर्षीय प्रकाश योङहाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-१० चटार बस्ने ३५ वर्षीय विनोद थारू र २५ वर्षीय रोहित कुमार चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट हाईस्कुलबाट खटिएको प्रहरीले विनोदको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
धनुषा, जनकपुरधाम उपमहानगरपालिका-२३ बसपार्कबाट अवैध लागूऔषध गाँजा ९ किलोग्राम, ३ हजार ३ सय ४० नेपाली रूपैयाँ र ३ हजार ३ सय ५१ रूपैयाँ भारतीय रूपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत दिल्ली भारतनगर पत्थरवाला वाग बस्ने ३४ वर्षीय मोहम्द नसिम र बजिरपुर बस्ने २६ वर्षीय मो. इनायतुल्ला रहेका छन् । प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
सर्लाही, ईश्वरपुर नगरपालिका-४ बाट अवैध लागूऔषध गाँजा करिब ५५ किलो २ सय २० ग्राम सहित सोही नगरपालिका-१२ घारीबथान बस्ने ३२ वर्षीय संजिव भुजेललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
इलाम, सूर्योदय नगरपालिका-१० फिक्कल बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-१० नयाँ चोक बस्ने ४० वर्षीय मनराज तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका-७ चमन चौराहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम ८ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-७ कलुवापुर बस्ने २८ वर्षीय मनोज रानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्