देशका बिभिन्न स्थानबाट अवैध लागूऔषधसहित ७ जना पक्राउ

असोज १९-सुनसरी, कोशी गाउँपालिका-१ हटियालाइन लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर करिब ५६ ग्राम ५० मिलिग्रामसहित भोक्राहानर्सिङ गाउँपालिका-६ बस्ने २४ वर्षीय नजाम आलमसमेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रदेश १-०२-०४८ प ४९७३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन ७ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका-५ बस्ने ३५ वर्षीय मुकेश कुँवरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, गोदावरी नगरपालिका-४ गोदावरीबाट अवैध लागूऔषध चरेश ३ किलो ५ सय ग्रामसहित बझाङ बुङ्गल नगरपालिका-२ बस्ती घर भई कञ्चनपुर कृष्णपुर नगरपालिका-१ दोमिल्ला बस्ने ३५ वर्षीय गोरे धामीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गोदावरीबाट खटिएको प्रहरीले से.२ प २८५७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

मोरङ, सुनवर्षी नगरपालिका-८ सिक्टी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ हजार २ सय ८० ट्याब्लेटसहित सोही नगरपालिका-९ बस्ने ५० वर्षीय मित्र बहादुर राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.३ प ९९०१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक राईलाई पक्राउ गरेको हो ।

सप्तरी, सुरुङ्गा नगरपालिका-३ भुसिमलहनियाबाट अवैध लागूऔषध गाँजा करिब १५ केजीसहित सिरहा लहान नगरपालिका-१७ एकरतिया बस्ने ५८ वर्षीय बद्रि नारायण चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले बद्रिलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

झापा, दमक नगरपालिका-३ गुरुङ डाँडाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने बस्तु ८ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय उमेश गुप्तालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनलाई उक्त वस्तुसहित पक्राउ गरेको हो  ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्