१० भदौ- कपिलवस्तु, अघिया खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ। घटना बुद्धभुमि नगरपालिका–९ चमरसठस्थित धमौलीको हो ।
बाणगंगा नगरपालिका-७ मोतीपुरकी १० वर्षीया मनिशा विकको मृत्यु भएको हो । मंगलबार दिउँसो खोलामा डुबेर अशक्त बनेकी उनलाई तत्काल जिल्ला अस्पताल तौलिहवा लगिएको थियो तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया दिनुहोस्