जापान पठाउने भन्दै २ करोड ५३ लाख बढी रकम ठगी गर्ने पक्राउ

जापान पठाउने भन्दै सर्वसाधरणबाट करोडौ लिने व्यक्ती पत्राउ परेका छन

 

वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै सर्वसाधरणबाट दुई करोड ५३ लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको सुनवर्षी नगरपालिका– ६ का ३७ वर्षीय अजयकुमार राजवंशी रहेको प्रहरीले जनाएको छ । उनीविरुद्ध मोरङ र झापाका ३६ जना युवाले ठगी आरोपमा उजुरी दिएका थिए ।

३६ जनाबाट २ करोड ५३ लाख ७५ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको र एक वर्षदेखि फरार अवस्थामा रहेका राजवंशीलाई विराटनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कायर्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताउनुभएको छ । बैदेशिक रोजगारीका लागि जापानमा रहेका उनले राजवंशी कोटामा जापान लैजाने भन्दै राजवंशी समुदायका युवाहरुलाई प्रलोभनमा पारेका थिए

प्रतिक्रिया दिनुहोस्