आज शेयर बजार ४.८३ अङ्कले बढेर २७६६.०९ विन्दुमा बन्द भयो

१० भदौ- काठमाडौँ, शेयर बजार आज ४.८३ अङ्कले बढेर २७६६.०९ विन्दुमा बन्द भएको छ ।

 


आज ४ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभरमा कुल ३२२ स्क्रिपका ९२ लाख ४३ हजार कित्ता सेयर किनबेच भएका छन् ।

परिसूचक सकारात्मक रहे पनि आज बजारमा गिरावट आउने कम्पनीको सङ्ख्या बढी रह्यो । कुल कारोबारमा आएका कम्पनीहरूमध्ये १०१ कम्पनीको सेयर मूल्यमा वृद्धि भयो भने १४९ कम्पनीको मूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्