अन्तर्वार्ता

दाङमा बस दुर्घटना हुँदा ८ जना घाइते

दाङमा बस दुर्घटना हुँदा ८ जना घाइते

तुलसीपुर,८ साउन । दाङमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर ८ अस्वारा बस्ने ४३ वर्षिय तिलक बहादुर रोका, घोराही ११ जोगेना बस्ने ४२ वर्षिय घनश्याम बस्नेत, तुलसीपुर १७ बगौसी बस्ने २२ वर्षिया अन्जु चौधरी रहेका छन् । त्यस्तै रोल्पा परिवर्तन गाउँपालिका ६ घर भई हाल घोराही भरतपुर १५ बस्ने ३५ वर्षिया दिल कुमारी बुढा, सोही ठाउँ बस्ने २६ वर्षिय निता बुढा, घोराही ११ खैरा बस्ने ४६ वर्षिया नम्रता पोख्रेल, वडा नम्बर १० नारायणपुर बस्ने ३६ वर्षिया मनकुमारी खत्री र वडा नम्बर १५ बस्ने ४३ वर्षिय मिना गिरी घाइते भएका छन् ।

 

आज सोमबार बिहान पौने १० बजेचिर तुलसीपुर उपमहानगरपालिका १८ संग्रामखोला नजिकै घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको अम्बिकेश्वरी यातायात प्रालिको रा १ ख १३१२ नम्बरको बसको स्ट्रिंङ फेल हुँदा सडकको छेउमा पल्टिदा ८ जना घाइते भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो । घाइते ८ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । घटनालगत्तै गाडी नियन्त्रणमा लिइ चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…