चितवनमा दुई ट्रक ठोक्कीदा एकजनाको मृत्यु

भदौ २३- चितवन, पूर्व–पश्चिम राजमार्गको झुरझुरेमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

 

जिल्ला  प्रहरी कार्यालय चितवनका अनुसार  शनिबार बिहान राप्ती नगरपालिका ३ झुरझुरे भण्डाराबाट पूर्व जाँदै गरेको प्र.२.३००२ ख ५६०९ नम्बरको ट्रक र  विपरीत  दिशाबाट आउँदै गरेको ना ३ ख ५४८८ नम्बरको ट्रक ठक्कर खाएका हुन्।

दुर्घटनामा मृत्यु  ना ३ ख ५४८८ को ट्रक चालक जिल्ला नवलपुर गैँडाकोट–१ का ४२ को प्रकाश कुँवरको मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक विजय पण्डितले जानकारी दिए।

गम्भीर घाइते भई  पुरानो मेडिकल कलेजमा उपचारको क्रममा सवा ०७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

बौधिमाई २ बस्ने वर्ष १८ को रविनकुमार यादव र  बारा निजगढ ४ बस्ने वर्ष २८ को निकेश राउत कुर्मीको अहिले चितवनमै उपचार भइरहेको छ। यादवको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्