१ भदौ- काठमाडौं, सुन कारोवारको साताको पहिलो बार आइतवार नेपाली बजारमा सुन र चाँदीको मुल्य ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतवार छापावाल सुन तोलामा १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ। सुनको मुल्य आज ७ सयले घटेको हो ।

गतसाताको शुक्रवार सुन तोलामा १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज आइतवार चाँदी २ हजार ३ सय १० रुपैयाँमा कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य गतसाताको शुक्रवार को तुलना भन्दा ५ रुपैयाँले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्