३० साउन- नयाँ दिल्ली, सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने अरु ३५ जना घाइते भएका छन । घटना पश्चिम बंगालको पूर्व बर्धमान जिल्लामा भएको हो ।
शुक्रबार बिहान तीर्थयात्रीहरू बोकेको एउटा निजी बस सडकमा रोकिएको ट्रकको पछाडि ठोक्किएको बीबीसी हिन्दीले बताएको छ ।
बस र ट्रकबीचको ठक्करमा १० जनाको घटनास्थलमै मृत्यु भएको छ । घाइते सबैलाई बर्धमान मेडिकल कलेजमा भर्ना गरिएको छ । दुर्घटनामा परेका सबै तीर्थयात्रीहरू बिहारका बासिन्दा भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्