चितुवा मृत अवस्थामा फेला परेको छ ।

मन्थली नगरपालिका–१ को भ्यागुरेनजिक सिन्दुरेखोलामा मृत अवस्थामा चितुवा फेला परेको छ ।

 

करिब ७र८ वर्षको उक्त चितुवालाई बुधबार बिहान स्थानीयले बाटो छेउमा मृत अवस्थामा फेला पारेका हुन् ।

मृत अवस्थामा फेला परेको उक्त चितुवालाई डिभिजन वन कार्यालय, जिल्ला प्रहरी र स्थानीय तहका प्रतिनिधिको रोहबरमा गाडिएको छ । डिभिजन वन अधिकृत ओमसागर भण्डारीका अनुसार मृतक चितुवाको शरीरका विभिन्न भागमा चोट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्