एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

२६ साउन -जाजरकोट, एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

भेरि नगरपालिका– १ कोल्चौर नजिकै कल्ले खोलामा गए राति १ बजे एम्बुलेन्स दुर्घटना हुँदा चालक भेरी नगरपालिका–१ डौंरीकाँडाका २७ वर्षीय शुनिल चनाराको घटनास्थलमै मृत्यु भएको छ ।


भेरी नगरपालिका–१ का वडा अध्यक्ष दीपक रानाले खलङ्गाबाट भेरी नगरपालिका–१ कै डौँरीकाँडा बिरामी लिन जाँदै गरेको उदय युवा क्लव मुसीकोट १३ को नाममा रहेको भे १ च २२४७ नम्बरको एम्बुलेन्स गए राति दुर्घटना भएको हो।

गए राति १ बजे उकालो जाने क्रममा भित्तामा ठोक्किँएर एम्बुलेन्स करिव दुई सय मिटर तल खसेर दुर्घटना भएको थियो । राति १ बजेको घटना भएता पनि स्थानियहरुले बिहान घाँस काट्न जाने क्रममा थाहा पाएर प्रहरीलाई खवर गरेको थियो ।

अहिले घटनास्थलमा प्रहरी पुगेर मुचुल्का लगायतको काम गरी लाश पोष्ट मार्टमका लागि जिल्ला अस्पताल पठाउन थालिएको सइ थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्