माघ १८- काठमाडौं, आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ।
नेपाल आयल निगमको सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको हो।
डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ।
खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…