२० साउन- काठमाडौं, एक वडामा वडा अध्यक्ष सहित ११ जना पक्राउ परेका छन् ।
तार्केश्वर नगरपालिका–११ का अध्यक्ष कविराज बस्नेतसहित ११ जना पक्राउ परेका छन् ।उनीहरू सीमा विवादमा जोडिएको कारण पक्राउ परेका हुन ।
शहरी विकास प्राधिकरणले खोला करिडोरको बाटो विस्तार गर्ने भन्दै टेन्डर आयोजना गरेकोमा सो अनुसार ठेकेदारले काम अघि बढाएका थिए तर काठमाडौं महानगरपालिका–१६ र तार्केश्वर–११ को सीमामा पर्ने उक्त करिडोर बनाउने क्रममा भने सीमा विवाद भएको थियो ।
सो क्रममा २३ असारमा झडप हुँदा एक जनाको टाउकामा चोट समेत लागेको थियो । चोट लागेका ती व्यक्तिले सरकारी वकिलको कार्यालयमा उजुरी दिए पछि सरकारी वकिल कार्यालयबाट आएको जाहेरी दर्ता गरेर अहिले अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
१३ जनाविरुद्ध जाहेरी आए पनि दुई जनाको ठेगाना खुल्न नसकेकाले पक्राउ गर्न नसकिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्