इजरायलमा मृत्यु भएका तीन नेपाली विद्यार्थीको शव पहिचान

कार्तिक १२- इजरायलमा मारिएका तीन नेपाली विद्यार्थीको शव पहिचान भएको छ।

इजरायलस्थित नेपाली राजदूतावासका अनुसार  पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव पहिचान भएको हो।

यससँगै हालसम्म सो घटनामा मृत्यु भएका ८ जना विद्यार्थीको शव पहिचान भएको छ। बाँकी विद्यार्थीको शव पहिचानका क्रममा रहेको दूतावासले जनाएको छ।

दूतावासका अनुसार उपलब्ध सम्पूर्ण संयन्त्रहरूको प्रयोग गरी सम्पर्कविहिन रहेका विपिन जोशीको खोजी कार्य जारी राखिएको छ।

आक्रमणमा परी घाइते भएका ४ जना विद्यार्थीमध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। जसमध्ये एक जना नेपाल आइपुगिसकेका र १ जना दूतावासको हेरचाहमा रहेका छन्। यसैगरी २ जना अस्पतालमै उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस्