त्रिशूलीको किनारमा आज एक पुरुषको शव फेला

२६ असार- चितवन, त्रिशूली नदीको किनारमा आज एक पुरुषको शव फेला परेको छ।

इच्छाकामना गाउँपालिका-६ कालिखोला स्थित त्रिशूली नदीको किनारमा आज एक अन्दाजी ४५ देखि ५० वर्ष उमेरको पुरुषको शव फेला परेको छ।

शवको केही अंगहरू नदेखिने अवस्थामा भेटिएको हो भने मृतकको पहिचान अहिलेसम्म खुल्न सकेको छैन।

 

प्रहरीले प्रारम्भिक अनुमानमा उक्त शव गत मंगलबार रसुवामा आएको बाढीमा बेपत्ता भएका व्यक्तिहरूमध्ये कसैको हुन सक्ने बताएका छन। शवलाई परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ।

 

प्रहरीले शवको पहिचान खुलाउन आवश्यक अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्