सुन चोरीमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

२२ असार-स्याङ्जा, वालिङ नगरपालिका–६ मा सुन चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

चापाकोट नगरपालिका–४ स्थायी घर भई हाल वालिङ–६ बस्दै आएकी ३४ वर्षीया दिपा क्षेत्री र वालिङ नगरपालिका–९ बसोबास गर्ने ३२ वर्षीय दुर्गा बि।क। पक्राउ परेका छन् ।

उनीहरुबाट चोरी भएको गहना पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।

गएको १७ असारमा वालिङ–६ स्थित थानकुमारी पाण्डेको घरबाट आधा तोला बराबरको सुनले बनाएको दुईवटा पञ्चरत्ने बाला चोरी भएको प्रहरीले जनाएको छ ।

 

थप अनुसन्धानका लागि प्रहरीले उनीहरुलाई १० दिन हिरासतमा राख्न जिल्ला अदालत, स्याङ्जाबाट अनुमति लिएको छ ।

प्रतिक्रिया दिनुहोस्