पेस्तोल र गोलीसहित एक जना पक्राउ

भदौ १०-काठमाडौं, काठमाडौं महानगरपालिका-७ घर भएका २८ वर्षीय सुलभ भन्ने सुरज श्रेष्ठलाई  मेड इन यूएसए लेखिएको १ थान पेस्तोल, ४ राउण्ड गोली, म्याग्जिन र १ थान डिजिटल तराजुसहित सहित शक्रबार राति प्रहरी पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित बुढानिलकण्ठ नगरपालिका-४ पासिकोटबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्