गगन थापाको असन्तुष्टि, अब त अत्ति भो सहन सकिदैन ।

सांसद्समेत रहेका थापाले पार्टीको आन्तरिक प्रक्रिया, पद्धति र निर्णय मन नपरे पनि आफूले सक्ने परिवर्तन गर्ने प्रयास गर्दै मौन बसेको उल्लेख गर्दै अब सहने सीमा नरहेको बताए।

गगन थापाले यस्तो भनेका छन ः कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ’, थापाले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो१’

२०७८ मा कांग्रेसको १४ औँ महाधिवेशनबाट पार्टीको महामन्त्रीमा निर्वाचित भएका गगन कांग्रेसभित्रको आन्तरिक संरचनाका बारेमा असन्तुष्ट रहेको पाइएको छ, उक्त महाधिवेशनको बेलामा पार्टीको संस्थापनइतर पक्षका नेता शेखर कोइरालालाई साथ दिएका गगन पार्टी सभापति शेरबहादुर देउवालगायत उनी पक्षीय नेताप्रति तीव्र असन्तुष्ट रहेको बुझ्निन्छ।

प्रतिक्रिया दिनुहोस्