वाइसिएलका नेता अपहरण र डकैती गरेको आरोपमा पक्राउ

१९ असार- मोरङ, अपहरण र डकैतीको घटनामा नेकपा ९माओवादी केन्द्र०को भ्रातृ संगठन योङ कम्युनिष्ट लिगका नेता कुशल पाण्डे पक्राउ परेका छन्। उनि विराटनगरमा भएका विभिन्न अपहरण र डकैतीको घटनामा संलग्नको आधारमा पक्राउ परेका हुन ।

अपहरण र डकैती जस्ता गम्भीर घटना भएकोले यस विषयमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। विराटनगरमा पाण्डेकै योजनामा अपहरण र डकैती भएको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ।

प्रहरीले विराटनगर ११ का २६ वर्षीय पाण्डेलाई बुधबार पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

प्रहरीले पाण्डेविरुद्ध शरीर बन्धक बनाई डाँका गरेको कसुरमा मुद्दा चलाउने जनाएको छ। यसका लागि बिहीबार प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रहरीका अनुसार विराटनगर–६ का २६ वर्षीय आशिव अन्सारी र विराटनगर – ८ का २४ वर्षीय समीर हुसेन यसअघि पक्राउ परिसकेको बताएको छ। दुवै जनामाथि प्रहरीले शरीर बन्धक बनाई डाँका गरेको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

आफूलाई प्रहरी बताउने ३ जनाको समूहले असार ११ गते विराटनगर–१५ का २० वर्षीय विक्रमकुमार साह तेलीलाई अपहरण गरेर उनको साथमा भएको रकम उनिहरुले लुटपाट गरका थिए।

प्रहरीका अनुसार मोटरसाइकल र स्कुटरमा रहेका ३ जनाले अपहरण गरी विराटनगर–१४ जतुवा पुर्‍याएर रकम लुटपाट गरेका थिए। आफ्नो भिनाजु धर्मानन्द साहले ३ लाख ५० हजार रुपैयाँ बैंकमा जम्मा गर्ने क्रममा हिँडेका विक्रमलाई उनीहरुले अपहरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्