नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप ४ जना पक्राउ

श्रावन २६-काठमाण्डौ, नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जना डाक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरी रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । योसँगै नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या पाँच जना पुगेको छ । यसअघि हिजो बिहीवार दिउँसो सीआईबीको टोलीले काठमाण्डौको गल्फुटारबाट नेपाली कांग्रेसका सांसद सुनील शर्मालाई पक्राउ गरेको थियो ।

स्रोतः तुलसीपुर खबर

प्रतिक्रिया दिनुहोस्