अमेजन नदीबाट डल्फिनको शव मात्रै होइन हजारौं माछा पनि मृत अवस्थामा फेला

असोज १७-ब्राजिलबाट निकै डरलाग्दो घटना बाहिर आएको छ ।

अमेजन नदीबाट एक–दुई मात्र होइन सयभन्दा बढी डल्फिनको शव फेला परेको छ । डल्फिनको शव मात्रै होइन हजारौं माछा पनि मृत अवस्थामा फेला परेका छन् । जानकारीका अनुसार गत हप्ता अमेजन नदीको सहायक नदीमा कम्तीमा १२० डल्फिनको शव तैरिरहेको भेटिएको थियो । विज्ञहरुका अनुसार उनीहरुको मृत्युको कारण अत्यधिक गर्मी र खडेरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्