१५ असार- काठमाडौं, आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्से २६.५३ अंकले बढेर २६२२.२८ विन्दुमा पुगेको छ ।
आज दिनभरमा ७ अर्ब १२ करोड १७ लाख ३६ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर कारोबार भएको छ ।
आइतबार १८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
दिनभरमा ३२८ वटा कम्पनी कारोबारमा आउँदा ७४ हजार ७५२ पटक शेयर किनबेच भएको छ ।
आज कुनै पनि कम्पनीको शेयर मूल्य स्थिर रहेको भने छैन ।



प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…