काठमाडौं, मुटुको दरबार बोलको गीत सार्वजनिक भए सँगसँगै चर्चा परिचर्चामा छ । एन एस कुमार शाही र मेलिना राईको स्वरमा रहेको गीत परदेशी मान्छे घरदेशमा आउँदा एक युवतीसँग भेटघाट भएको र परिचय हालखबरसँगै बिहेवारीकाे कुरा भएको, एकआपसमा अन्तिममा मन मिलेको कथा बोकेको दमदार गीत रहेको छ।
हरिगिरि बिमर्षीको शब्द , स्वयं गायक शाहीको लयमा तयार भएको गीतको भिडियो मुना तामाङ अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको गीतको भिडियोमा प्रभात पल ठकुरी, स्मारिका ढकाल, बालकलाकारद्वय अरुण रिजाल र आशी भट्टराईको दमदार अभिनय रहेको छ। एच. बि.एन किस्मतको एरेन्ज, मिक्सिङ भएको गीतमा नवराज उप्रेतीको छायांकन रहेको छ।
प्रवीण भट्टको सम्पादन , राजेन्द्र मोक्तानको कलरिङ रहेको गीतको भिडियोमा दावा बल तामाङ सहायक नृत्य निर्देशक रहेका छन्। गीत सार्वजनिक भएसँगै दर्शक श्रोताको गीत एकदम राम्रो, भिडियोको गुणात्मक बजारमा सार्वजनिक हुने गीतभन्दा उत्कृष्ट रहेको लगायतका प्रतिक्रियाहरू आएका छन् ।
गायक शाहीको उखुमै बनायो लगायतका केही गीतहरु लोकप्रिय रहेका छन् भने अब छिट्टै नै केही आइटम बिट भएको गीत र अन्य दोहोरी भाका आउने तयारीमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…