४ असार – काठमाडौं, नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ सय ६० ग्राम सुनसहित एक महिला पक्राउ परेकी छन् ।
दुबईबाट एयर अरेबियाको जहाजबाट काठमाण्डौं आएकी भारती नागरिक मिना सुर्जित सिंह खेमानी पक्राउ परेकी छन ।
५३ वर्षीया ती महिलाले मलद्वारमा लुकाएर कालो पलास्टिकमा बेरेको अवस्थामा उक्त सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरीले बताएका छन ।
शारजाहबाट आएकी उनलाई संका लागेर जाँच गर्दा सुन फेला परेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्