मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किँएर एक जनाको मृत्यु

४ असार- सप्तरी, मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किँएर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

शम्भुनाथ नगरपालिका– २ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने गोविन्द चौकमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक रुपनी गाउँपालिका–१ घर भएका २० वर्षीय मो। आजादको मृत्यु भएको छ।

मङ्गलबार राति ९ बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको स १ त ४९७२ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको प्र २–००१–प ३१३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका आजादलाई प्रहरीले उपचारका लागि युनिक अस्पताल रायपुरमा लगि थप उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएकोमा उपचारकै क्रममा आजाद मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।सोही दुर्घटनामा मोटरसाइकलको पछाडी बस्ने १८ वर्षीय मो।समिर मियाँ गम्भीर घाइते भएको छन । उनलाई थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त मोटरसाइकल, ट्याक्टर र ट्याक्टरका चालक सप्तरीको शम्भुनाथ नगरपालिका–१ बस्ने २७ वर्षीय कैलाश कुमार यादवलाई नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्