नदीमा एक पुरुषको शव फेला

२ असार- डोटी, सेती नदीमा एक पुरुषको शव फेला परेको छ।

जिल्लाको के.आई.सिंह गाउँपालिका–३ गोदडा घडिङ्गेस्थित सेती नदी किनारमा बेवारिसे पुरुषको शव फेला परेको हो। उनको नाम, थर र बतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको शव आइतवार फेला परेको छ।

सेती नदीले पुरुषको शव बगाएर ल्याएको प्रहरीले जनाएको छ। उनको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ। उनको शरीरको छाला खलेको छ।

 

तल्लो शरीरमा खैरो रङ्गको कट्टु लगाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्