कञ्चनपुरमा जिपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु

असार २१ – कञ्चनपुरमा जिपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा कृष्णपुर नगरपालिका १ का ५९ वर्षीय अमर साउद रहेका रहेका छन् ।

सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा  साउदको मृत्यु भएको हो । बुधबार बिहान साढे ९ बजे बागमती प्रदेश–०१–०२५ च ३६३४ नम्बरको पिकअप जिपले साउद सवार रहेको साइकललाई ठक्कर दिएको थियो ।

जिपसहित चालकलाई इलाका प्रहरी कार्यालय गुलरीयाले नियन्त्रणमा लिएको छ

 

स्रोतः धनगढी खबर

प्रतिक्रिया दिनुहोस्