अपराध राजनीति समाज

२० वर्ष कैद तोकिएका व्यक्तिको तातो दालमा परेर मृत्यु

२० वर्ष कैद तोकिएका व्यक्तिको तातो दालमा परेर मृत्यु

२९ जेठ- ललितपुर, ललितपुरको नक्खु कारागारमा एक जना कैदीको मृत्यु भएको छ।

कर्तव्य ज्यान र जबर्जस्ती करणीको कसुरमा २० वर्ष कैद तोकिएका व्यक्तिको तातो दालमा परेर मृत्यु भएको हो।

आइतबार नै दाल पकाउने क्रममा घाइते भएका ती कैदीलाई उपचारका लागि किर्तिपुर वर्न अस्पताल लगिएको थियो। अस्पतालमै उपचारको क्रममा उनको मृत्यु भएको हो।

ती कैदी कारागारभित्रै आन्तरिक प्रशासनबाट भान्सामा काम गर्दै आएका थिए। उनी ३ वर्षदेखि नक्खु कारागारमा थिए।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…