वीरगन्जका दुई न्यायाधीश कालोमोसो

२९ जेठ – वीरगन्ज, नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमलाई सफाई दिने उच्च अदालत अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि इँटा भट्टामा मान्छेलाई जिउँदै जलाएर हत्या गरेको कसूरमा जन्मकैदको सजाय पाएकालाई सफाई दिएपछि कालोमोसो प्रहार भएको छ।

बिहीबार दिउँसो अदालतको इजलासभित्रै न्यायाधीश थारु र महर्जनमाथि आफूलाई नेकपा बहुमतको कार्यकर्ता बताउने व्यक्तिहरूले कालोमोसो छ्यापेका हुन्। न्यायाधीशद्वय थारु र महर्जनमाथि कालोमोसो प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

कालोमोसो प्रहार गर्ने नेकपा बहुमतका कार्यकर्ताहरू गर्भु महतो, पदम बहादुर मगर र अविनश भन्ने किशोर कुवँरलाई अदालत परिसरबाटै नियन्त्रणमा लिइएको छ।

बिहीबार अपरान्ह करिब ४ बजेतिर अदालतको इजलासभित्र न्यायाधीशद्वय थारु र महर्जन बसिरहेका बेला इजलासभित्र छिरेर कालोमोसो प्रहार गरेका थिए।

इँटा भट्टामा हालेर मान्छेलाई जिउँदै जलाएको कसुरमा ६ वर्षदेखि जेलमा रहेका आलमलाई उच्च अदालत अस्थायी इजलास वीरगन्जले यही जेठ १४ गते सफाइ दिएको थियो।

प्रतिक्रिया दिनुहोस्