मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक मृत्यु

२९ जेठ कञ्चनपुर,  शुक्लाफाँटा नगरपालिका-११ मा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक मृत्यु भएको छ ।

कलुवापुरस्थित सडकमा म.१ क २३३ नम्बरको टिपरले म.प्र.०३-०३७ प २१७३ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-११ दिपनगर बस्ने ३० वर्षीय वीरेन्द्र थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्