गोली हानेर प्रहरीले दुई जनालाई नियन्त्रणमा लियो

२९ जेठ-कैलाली, प्रहरीले धनगढीमा गोली हानेर दुई जनालाई नियन्त्रणमा लिएको छ । कैलालीको भजनी गाउँपालिका ४ मा प्रहरीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

विभिन्न आपराधिक क्रियाकलापमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै आक्रमण गरेपछि प्रहरीले गोली चलाएको हो ।

गोली हानेर नियन्त्रणमा लिइएकामा रिदम ढुंगाना र मिलन चन्द रहेका छन् । दुवैलाई गोली लागेको छ । घाइते उनीहरुलाई अहिले अस्पताल लगिएको प्रहरीले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्