२७ जेठ- सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-१३, भस्मेखोला स्थित काठमाण्डौ-मेलम्ची सडक खण्डमा काठमाण्डौबाट मेलम्ची तर्फ आउँदै गरेको बा ४ ख ७५०६ नं. को खाली टिफर रोडबाट अन्दाजी २०० मिटर तल खसि दुर्घटना हुँदा चालक सोहि-८, बस्ने वर्ष अन्दाजी ४० को पुर्णमान दोङ घाईते भई उपचारको लागी मेलम्ची नगर अस्पताल तर्फ पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको ।
यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्