दार्चुला सदरमुकाम खलङ्गास्थित महाकाली नदीमा बगेर बेपत्ता भएका एक किशोर अझै फेला परेका छैनन् । उनको दुई दिनदेखि खोजी जारी छ ।
महाकाली नगरपालिका–१ धमपन्यारका १५ वर्षीय सुदिप धामी सोमबार दिउँसो पौडी खेल्ने क्रममा महाकालीमा बगेर बेपत्ता भएका थिए । साथीहरुसँग नदीमा पौडी खेलिरहेका धामी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेद्रबहादुर सिंहले जानकारी दिए ।
बेपत्ता धामीको खोजी कार्य जारी छ । खोजीकार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी संलग्न रहेका छन् । उनी खलङ्गास्थित महेन्द्र नमूना उच्च माविमा कक्षा १० मा अध्ययनरत् थिए ।
प्रतिक्रिया दिनुहोस्