१२ जेठ- कैलाल, करीब १८ ग्राम लागुऔषधसहित तीन जना पक्राउ परेका छन।
धनगढी उपमहानगरपालिका–३ चौराह र धनगढी– १२ जुगेडाबाट १७ ग्राम ८५० मिलिग्राम लागुऔषधसहित तीन जना पक्राउ परेका हुन्। लागुऔषध धनगढी चौराहाबाट १६ ग्राम २३० मिलिग्राम र जुगेडा बि गाउँबाट एक ग्राम ६२० मिलिग्राम लागुऔषध बरामद गरेको हो।
भारतको पलिया बस्ने २४ वर्षीय अबनिश कुमार चौराहबाट लागुऔषधसहित पक्राउ परेका छन। धनगढी उपमहानगरपालिका–११ का ६६ वर्षीय मोती राना र सोही ठाउँका ३१ वर्षीय चैना राना जुगेडाबाट पक्राउ परेका छन। उनीहरूको साथबाट प्रहरीले से २ प २०८७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको बताएको छ।
नियन्त्रण शाखा कार्यालय धनगढी र वडा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस्