विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ

२९ जेष्ठ- कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ जानकी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने १८ वर्षीय २ जना किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ३१ मिलिग्रामसहित लेटाङ नगरपालिका-९ बस्ने २२ वर्षीय प्रबिन बिष्टलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सुर्खेत, विरेन्द्रनगर नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्रामसहित कालिकोट तिलागुफा नगरपालिका-३ बस्ने २७ वर्षीय बिरेन्द्र शाहीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट बसपार्क र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।

झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८५ मिलिग्रामसहित बिर्तामोड नगरपालिका-५ बस्ने ३८ वर्षीय सुमन भन्ने सूर्यबंशी रायलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी झापा, अर्जुनधारा नगरपालिका-३ मदनपुर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३७ वर्षीय दिलबहादुर विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्