राजनीति समाज

राजेन्द्र लिङदेनको नेपाली कांग्रेस– एमालेलाई प्रश्नः सत्तामा भजन कीर्तन गाउँदै र मादल बजाउँदै आइपुगेको होर?

राजेन्द्र लिङदेनको नेपाली कांग्रेस– एमालेलाई प्रश्नः सत्तामा भजन कीर्तन गाउँदै र मादल बजाउँदै आइपुगेको होर?

१८ चैत- काठमाडौँ, प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन नेपाली कांग्रेस– नेकपा एमालेहरु सत्तामा भजन कीर्तन गाउँदै र मादल बजाउँदै आइपुगेको होर? भन्दै प्रश्न गरेका छन्।

उनले चैत १५ गते भएको राजावादी समूहको आन्दोलनमा आन्दोलनकारीले मात्र नभई राज्यपक्षबाट समेत ज्यादती गरिएको बताए हुन।

अहिले सत्तामा रहेका दलहरुसमेत तोडफोड र मान्छे मारेर सत्तामा पुगेको टिप्पणी गरे। सरकारले राजावादी आन्दोलन बिथोल्नको लागि घरको छतमा बसेर म्याद गुज्रेका अश्रुग्याँस फालेको उनले आरोप लगाए।

उनले न्यायिक छानबिन आयोग गठन गरी दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…