मेटाका प्लेटफर्ममा कमजोरी पत्ता लगाएर रकम पाउने उत्कृष्ट तीन देशमा नेपाल पनि

२ माघ-काठमाडौं, सामाजिक सञ्जाल संचालन कम्पनी मेटाका प्लेटफर्ममा कमजोरी पत्ता लगाएर रकम पाउने उत्कृष्ट तीन देशमा नेपाल पनि परेको छ ।

मेटाले सन् २०२४ मा बग बाउन्टी कार्यक्रम अन्तर्गत २३ लाख अमेरिकी डलर (झन्डै ३१ करोड रुपैयाँ) भन्दा बढी पुरस्कार वितरण गरेको छ ।

कुल पुरस्कारमध्ये सबैभन्दा बढी भारत, नेपाल र संयुक्त राज्य अमेरिकाका ह्याकरहरूले प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्