अन्तर्राष्ट्रिय अन्तर्वार्ता खेलकूद दुर्घटना बिश्लेशण समाज

कलेजको रुखमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले निष्क्रिय गरेको छ।

कलेजको रुखमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले निष्क्रिय गरेको छ।

५ पौष- भैरहवा, भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा कलेजको मालीले रुख काटिरहेको अवस्थामा बिहान करिब १०ः३० पुरानो प्रेसर कुकर बम फेला परेकोमा प्रेसर कुकर बमलाई नेपाली सेनाले निष्क्रिय गरेको छ।

प्रहरीका अनुसार प्रेसरकुकर बम कसले र कहिले राख्यो यो विषयमा केही नखुलेको र अनुसन्धानको क्रममै रहेको बताएका छन ।

प्रेसर कुकरको ह्याण्डललाई डोरीले बाँधेर त्यसमा घडी ब्याट्रीलगायत उपकरण जडान गरिएको थियो ।

ब्यागमा राखेको अवस्थामा कुकर बम फेला परेपछि मेडिकल कलेजले जिल्ला प्रशासन कार्यालयलाई खबर गरेको थियो ।

बमलाई भैरहवास्थित कालीभक्ति गणको नेपाली सेनाले दिउँसो १ बजे निष्क्रिय गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…