अन्तर्राष्ट्रिय अन्तर्वार्ता अपराध खेलकूद दुर्घटना बिश्लेशण समाज

आज एकै दिन अवैध लागूऔषध सहित विभिन्न स्थानाबाट २४ जना पक्राउ

आज एकै दिन अवैध लागूऔषध सहित विभिन्न स्थानाबाट २४ जना पक्राउ

२६ मंसिर- सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-६ बराहक्षेत्र बस्ने २४ वर्षीय सन्दिप तामाङ र भोक्राहा नरसिंह गाउँपालिका-४ बस्ने २७ वर्षीय अनिष उराव रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१६ भृकुटीपथ बस्ने २७ वर्षीय संजिप राईलाई नियन्त्रित लागूऔषध स्पास्पेन १ हजार ३ सय ३० ट्याब्लेट र ओपोट्याब १ हजार ३ सय ट्याब्लेट सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-२ भानुचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७५ ट्याब्लेट र स्पास्पेन ७५ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१५ देउरालीपथ बस्ने २६ वर्षीय आकाश राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-१० खयरडाँगीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-१५ कच्चुबारी टोल बस्ने २६ वर्षीय अजय राजवंशीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २० ग्राम ७ सय मिलिग्राम सहित संखुवासभा घर भएका ३८ वर्षीय जिबन तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध ब्यूरो बिराटनगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-२ घरबारी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-२० राँझा बस्ने १९ वर्षीय आकृत श्रेष्ठ र सोही उपमहानगरपालिका-२ घरबारी टोल बस्ने २२ वर्षीय कैलाश डाँगी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-१० घुयाँघाट बस्ने २३ वर्षीय मलराम रानालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरको हो ।

यसैगरी कैलाली, गोदावरी नगरपालिका-३ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित बझाङ बुङ्गल नगरपालिका-५ बस्ने २५ वर्षीय ललित नाथलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, गोदावरी नगरपालिका-१ अत्तरीयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-११ बस्ने २२ वर्षीय करूणाकर भट्ट र सोही नगरपालिका-१ बस्ने २६ वर्षीय राजन हमाल रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुर बस्ने २२ वर्षीय रबिन राना समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-९ बस्ने २८ वर्षीय संजय बिकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुर्खेत, भेरीगंगा नगरपालिका-१२ छिन्चु बजार नजिक सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित वीरेन्द्रनगर नगरपालिका-३ तातोपानी बस्ने २४ वर्षीय बिकास केसी समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र ०२००१ ज ०६९१ नम्बरको फोर्स गाडीलाई जाचँ गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८० मिलिग्राम सहित सुन्दरहरैंचा नगरपालिका-६ बस्ने १९ वर्षीय अरूण मण्डललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, भद्रपुर नगरपालिका-५ मेची पुलबाट अवैध लागूऔषध ब्राउनसुगर १४ ग्राम १ सय ३० मिलिग्राम र चरेश १ ग्राम ५ सय ७० मिलिग्राम सहित नुवाकोट बिदुर नगरपालिका-१० बस्ने २६ वर्षीय बिकाश घिमिरेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचीपारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

पाँचथर, फिदिम नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही नगरपालिका-५ चोक्मागु बस्ने ३५ वर्षीय चन्द्र तुम्बापो समेत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…