अन्तर्राष्ट्रिय अन्तर्वार्ता अपराध खेलकूद दुर्घटना बिश्लेशण समाज

भरूवा बन्दुक सहित पक्राउ

भरूवा बन्दुक सहित पक्राउ

२६ मंसिर-संखुवासभा, मकालु गाउँपालिका-२ बुम्लिङ बस्ने ३० वर्षीय लाक्पा शेर्पालाई १ थान भरूवा बन्दुक र करिब ५० ग्राम बारूद सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी मकालुबाट खटिएको प्रहरीले लाक्पाको घरमा लुकाई छिपाई राखेको उक्त बन्दुक र बारूद फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…